FAQs Complain Problems

Welcome to Arjunchaupari Rural Municiplity

अर्जुनचौपारी स्याङ्जा जिल्लाको उत्तर-पश्चिम भागमा फैलिएको एक गाउँपालिका हो।[२] विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह (गाउँपालिका तथा नगरपालिका) लागू गर्दा स्याङ्जा जिल्लामा अर्जुनचौपारी, रापाकोटपञ्चमुलका (३,७) वडाहरू, आरुचौर र दरौ गाउँ विकास समितिहरूलाई समेटेर अर्जुनचौपारी गाउँपालिका घोषणा गरिएको हो।वडा संख्या ६ भएको गाउँपालिकाको कार्यालय साविक अर्जुनचौपारी गा.वि.स कार्यालयकै केन्द्रमा रहेको छ ।

 

जनसङ्ख्या

 गण्डकी प्रदेश स्थित स्याङ्जा जिल्लामा अर्जुनचौपारी, रापाकोटपञ्चमुलका (३,७) वडाहरू, आरुचौर र दरौ गाविसहरूलाई मिलाएर अर्जुनचौपारी गाउँपालिका बनाइएको हो। त्यसैले राष्ट्रिय जनगणना २०७८का अनुसार यी ठाउँहरूको जनसंख्यालाई जोडेर अर्जुनचौपारी गाउँपालिकाको जनसंख्या१४,०९४ रहेको छ।

भू-वनोट

अर्जुनचौपारी गाउँपालिकामा ६ वडाहरू रहेका छन। अर्जुनचौपारीको कुल क्षेत्रफल ५७.२२ वर्ग किमी छ। यो गाउँपालिकाको पूर्वमा पुतलीबजार नगरपालिका पर्दछ भने पश्चिममा पर्वत जिल्ला छ। यसको उत्तरी भागमा आँधिखोला गाउँपालिका छ भने दक्षिणी क्षेत्रमा भीरकोट नगरपालिकापर्दछ।भौगोलिक दृष्टिकोणले अत्यान्तै मिलेको कचौरा आकारमा रहेको यस गाउँपालिकालाई एकै नजरबाट वारीबाट पारी, पारीबाट वारी हेर्न सकिन्छ । 

स्थानीय तह घोषणा भएपछि गाँउपालिकाको वडा विभाजनको अवस्था
 १   अर्जुन चौपारी    १—५    १३.०७
२   अर्जुन चौपारी    ६—९    ६.०१
३    रापाकोट    ३, ५—८    ८.६८
४    रापाकोट    १,२,४,९    ८.२१
       पञ्चमुल    ३    
५    आरुचौर    १—९    ११.०२

६   सतौदरौ    १—९    १०.२४
      पञ्चमुल    ७