FAQs Complain Problems

अर्जुनचौपारी गाउँपालिकाको प्रशासकीय भवन ।

Read More

अध्यक्ष उपाध्यक्षसँग कर्मचारी ।

Read More

अर्जुनचौपारी गाउँपालिकामा निर्मित हेलीप्याड ।

Read More

Welcome to Arjunchaupari Rural Municiplity

अर्जुनचौपारी स्याङ्जा जिल्लाको उत्तर-पश्चिम भागमा फैलिएको एक गाउँपालिका हो।[२] विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह (गाउँपालिका तथा नगरपालिका) लागू गर्दा स्याङ्जा जिल्लामा अर्जुनचौपारी, रापाकोटपञ्चमुलका (३,७) वडाहरू, आरुचौर र दरौ गाउँ विकास समितिहरूलाई समेटेर अर्जुनचौपारी गाउँपालिका घोषणा गरिएको हो।वडा संख्या ६ भएको गाउँपालिकाको कार्यालय साविक अर्जुनचौपारी गा.वि.स कार्यालयकै केन्द्रमा रहेको छ ।

 

जनसङ्ख्या

प्रदेश नं. ४ स्थित स्याङ्जा जिल्लामा अर्जुनचौपारी, रापाकोटपञ्चमुलका (३,७) वडाहरू, आरुचौर र दरौ गाविसहरूलाई मिलाएर अर्जुनचौपारी गाउँपालिका बनाइएको हो। त्यसैले राष्ट्रिय जनगणना २०७८का अनुसार यी ठाउँहरूको जनसंख्यालाई जोडेर अर्जुनचौपारी गाउँपालिकाको जनसंख्या१४,०९४ रहेको छ।

 

Pages

जन प्रतिनिधि

अध्यक्ष
9851189299
उपाध्यक्ष
9856053134

पदाधिकारी

प्रमुख प्रशासकीय अधिकृत
9856052780
योजना शाखा
सूचना अधिकारी
9846110074

सेवाहरु

सेवा प्रकारः-
सेवा समयः- २००
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/ का.बा.वडा अध्यक्ष/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
आवश्यक कागजातहरुः-

१) निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि २) जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि ३) जग्गा रहेको क्षेत्रको प्रमाणित प्रतिलिपि नापी नक्सा ४) चालु आ. व. सम्मको मालपोत रघर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद ५) निवेदक स्वयं वा निजले अन्य व्यक्तिलाई तोकेको हकमा निज निवेदकले दिएको अधिकृत वारेसनामा को प्रमाणित प्रतिलिपी

सेवा प्रकारः-
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/का.बा.वडा अध्यक्ष/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३००
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र र आमारबुबाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि २) जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि ३)विवाहित महिलाको हकमा पतिरआमारबुबाको नागरिकता प्रमाण पत्रको प्रतिलिपि ४) चारित्रिक प्रमाणपत्रको प्रतिलिपि (विद्यार्थीको हकमा) ५) विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि (विवाहिताको हकमा) ६) बसाईसरी आएको हकमा बसाई सराईको प्रमाण पत्रको प्रतिलिपि ७) दुवै कान देखिने पासपोर्ट साईजको फोटो २ प्रति ८) चालुआ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात ९) कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस १०) प्रतिलिपि नागरिकताको हकमा पुरानो नागरिकताको प्रतिलिपि

सेवा प्रकारः-
सेवा समयः- उल्लिखित कागजात पेश गरेको मितिले ३ दिन भित्र
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत/ वडा सचिव
सेवा दिने कार्यालयः- गाउँकार्यपालिकाको कार्यालय
सेवा शुल्कः- २००
आवश्यक कागजातहरुः-

क) जन्म मिति सच्याउनको लागि (१) परीक्षा नियन्त्रण कार्यालयको प्रवेशिका परीक्षाको लब्धाङ्कपत्र (लब्धाङ्कपत्र जारी भएको मिति ६ महिना नाघेको हुनुपर्ने ।) र विद्यालयको चारित्रिक प्रमाणपत्रको प्रतिलिपी वा (२) अस्पतालमा जन्मेको बच्चाको हकमा अस्पतालले प्रदान गरेको जन्म प्रमाणपत्र वा (३) नाबालिक परिचयपत्र वा (४) नागरिकताको प्रमाणपत्र वा (५) कुनै पनि प्रमाण खुल्ने कागजात प्राप्त नभएको अवस्थामा स्थानीय तहको प्रतिनिधिको रोहवरमा कम्तीमा ५ जना नेपाली नागरिकता प्राप्त व्यक्तिको सर्जमिन मुचुल्का (सर्जमिन मुचुल्का गर्नेहरुको नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपी अनिवार्य रुपमा संलग्न गर्नु पर्नेछ ।) ख) जन्म दर्तामा नाम संसोधनको लागि (१) बच्चाको नाम संशोधन गर्नुपरेमा आमा र बाबुको निवेदन वा बच्चा र बाबु–आमाको म्बन्ध खुलेको अन्य कागजात वा प्रमाणपत्र । (२) नाम संशोधन गर्नु पर्ने व्यक्ति बालिग भएमा एस.एल.सी प्रमाणपत्र, विद्यालयको चारित्रिक प्रमाणपत्र वा बाबु आमासँग नाता खुल्ने अन्य आधिकारिक प्रमाणपत्र । (३) आमा–बाबु वा बाजेको नाम संशोधन गर्नुपरेमा (क) सो सम्बन्धी आवश्यक कागजात नागरिकता, विवाह दर्ता प्रमाणपत्रमा वा एस.एल. सी. वा सोभन्दा माथिल्लो स्तरको शैक्षिक प्रमाणपत्रमा नाम खुलेको प्रमाणित कागजात र विद्यालयको चारित्रिक प्रमाणपत्र । (ख) स्थानीय निकायबाट दुवै व्यक्ति एउटै हो भनी उल्लेख भएको कम्तीमा ५ जना नेपाली नागरिकता व्यक्तिको सर्जमिन मुचुल्का सहित सर्जमिनमा बस्नेको प्रमाणित नागरिकता प्रमाणपत्रको प्रतिलिपी । ग) जन्म स्थान सच्याउनु परेमा (१) विदेशमा जन्मिएको बच्चाको जन्मस्थान सच्याउनु परेमा उक्त देशको अस्पतालमा बच्चा जन्मिएको प्रमाणपत्र वा कागजात (प्रमाणपत्र अँग्रेजीमा नभएमा सो देशमा रहेको नेपाली नियोगबाट बच्चा सो देशमा जन्मिएको भनी प्रमाणित गरिएको कागजात) वा (२) उक्त देशमा बच्चाको जन्म दर्ता गरिएको प्रमाणपत्र (सम्बन्धित देशमा जन्म दर्ता गरेको भएमा उक्त प्रमाणपत्रको नेपाली नियोगबाट प्रमाणितनेपाली वा अङग्रेजी भावानुवाद)

सेवा प्रकारः-
सेवा समयः- -
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- गाउँकार्यपालिकाको कार्यालय
सेवा शुल्कः- गाउँसभाको निणर्य संस्थाको स्वामित्व र तह अनुसार फरक फरक
आवश्यक कागजातहरुः-

१) शिक्षा नियमावली अनुसूची १ बमोजिमको निवेदन २) शैक्षिक गुठीको विधान वा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको प्रतिलिपी ३) जग्गा वा भवन भाडामा लिने भए कम्तीमा ५ वर्षसम्मको लागि घर वा जग्गाधनीले बहालमा दिने सम्बन्धमा भएको कबुलियतनामाको प्रतिलिपी ४) प्रस्तावित विद्यालयको शैक्षिक नक्सा ५) सम्बन्धित वडाको सिफारिश ६) सबैभन्दा नजिकै कम्तीमा २ वटा छिमेकी विद्यालयको सहमति ७) विद्यालय व्यवस्थापन समितिको निर्णय ८) शिक्षा ऐन र नियमावली अनुसार अन्य आवश्यक कागजातहरु

सेवा प्रकारः-
सेवा समयः- प्रमुख प्रशासकीय अधिकृत/ तोकिएका कर्मचारी
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत/ तोकिएका कर्मचारी
सेवा दिने कार्यालयः- गाउँकार्यपालिकाको कार्यालय
सेवा शुल्कः- -
आवश्यक कागजातहरुः-

१) कार्य सम्पन्न प्रतिवेदन
२) नापी किताब खर्चको बिल भरपाई
३) उपभोक्ता समितिको फर्छ्यौटका लागि निर्णय प्रतिलिपि
४) योजनाको फोटो र प्रतिवेदन
५) वडा कार्यालयको सिफारिश
६) आयोजनामा लागेको खर्च (सार्वजनिक सूचना गरेको)

सेवा प्रकारः-
सेवा समयः- योजनाको प्रकृति र दूरी अनुसार ३ देखि १५ दिन सम्म
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत/इन्जिनियर
सेवा दिने कार्यालयः- गाउँकार्यपालिकाको कार्यालय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

१) योजना सम्पन्न गर्ने निकाय/उपभोक्ता समितिको अनुरोध पत्र
२) उपभोक्ता समितिको निर्णयको प्रतिलिपी

सेवा प्रकारः-
सेवा समयः- योजनाको प्रकृति र दूरी अनुसार ३ देखि १५ दिन सम्म
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत/इन्जिनियर
सेवा दिने कार्यालयः- गाउँकार्यपालिकाको कार्यालय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

१) प्राविधिकको अन्तिम मूल्याङ्कन
२) कार्य सम्पन्न प्रतिवेदन
३) सार्वजनिक लेखा परीक्षण प्रतिवेदन
४) ५ लाखभन्दा माथि भए सामाजिक परीक्षण प्रतिवेदन

जानकारी