FAQs Complain Problems

Welcome to Arjunchaupari Rural Municiplity

परिचय:- अर्जुनचौपारी गाउँपालिका स्याङ्जा जिल्लाका ११ वटा स्थानीय तहहरु मध्येको एक गाँउपालिका हो । पहाडी भूभाग रहेको यस गाँउपालिका राज्य पुनसंरचना भए पश्चात साविकका अर्जुन चौपारी, रापाकोट, आरुचौर, सतौदरौ गा.वि.स. र साविककै पञ्चमुल गा.वि.स.का ३ र ७ नं. वडाहरु समायोजन गरी वि.स. २०७३ सालमा स्थापना भएको हो । यस गाँउपालिकालाई ६ वटा वडाहरुमा विभाजन गरिएको छ भने केन्द्रको रुपमा साविकको अर्जुन चौपारी गा.वि.स.लाई बनाइएको छ । यसको सिमानामा पूर्वमा पुतली बजार नगरपालिका, पश्चिममा पर्वत जिल्ला, उत्तरमा आँधीखोला गाँउपालिका र दक्षिणमा भीरकोट नगरपालिका पर्दछन् । भौगोलिक अवस्थिति अनुसार यस गाँउपालिका ८३ डिग्री ४२ मिनेट ० सेकेण्ड देखि ८३ डिग्री ४८ मिनेट ०१ सेकेण्ड पूर्वी देशान्तर सम्म फैलिएको छ भने २८ डिग्री ४ मिनेट, ० सेकेण्ड देखि २८ डिग्री ८ मिनेट ० सेकेण्ड उत्तरी अक्षांस सम्म फैलिएको छ । समून्द्र सतहबाट ८०० देखि २१५० मिटर सम्मको उचाईमा रहेको यो गाउँपालिकाको मौसम समशितोष्ण खालको पाइन्छ । नापी विभाग, काठमाण्डौबाट लिएको तथ्यांक अनुसार अर्जुन चौपारी गाँउपालिकाको कुल क्षेत्रफल ५७.२३ वर्ग कि.मी. रहेको छ भने जिल्ला सदरमुकाम स्याङ्जाबाट यो गाउँपालिका उत्तर तर्फ ९ कि.मी.को दूरीमा रहेको छ ।

वडा नं समावेश भएका साविकका गा.वि.स.हरु साविक वडा नं. क्षेत्रफल (वर्ग किमि)
१ अर्जुनचौपारी  १-५ १३.०७
२ अर्जुनचौपारी ६-९ ६.०१
३ रापाकोट ३,५-८ ८.६८
४ रापाकोट १,२,४,९ ८.२१
पञ्चमुल ३
५ आरुचौर १-९ ११.०२
६ सतौँ दरौँ १-९ १०.२४
पञ्चमुल ७

 

 ऐतिहासिक अवस्था

अर्जुनचौपारीको नामाकरण यसरी नै रह्यो भन्ने तथ्य आधार कतैबाट पनि किटानी साथ पाइदैन । स्थानीय जानकारहरुका अनुसार अर्जुनचौपारी आरनको चौतारी ठाँउले प्रख्यात रहेको र पछि यसको नाम विस्तारै अर्जुन चौपारी रहन गएको हो भन्ने भनाई रहेको छ । बितेका कैयौं वर्षमा भौतिक संरचनाको क्षेत्रमा अर्जुनचौपारी गाउँपालिकामा पनि परिवर्तन भएको छ । हेलु – अर्जुनचौपारी – पर्वत बाटोको निर्माणले अर्जुनचौपारी गाउँपालिकालाई आर्थिक परिवर्तनको दिशामा अग्रसर हुन सहयोग गर्नुको साथै जिल्ला सदरमूकाम लगायत अन्य क्षेत्रसंगको दूरी कम रहेको छ ।

धार्मिक तथा ऐतिहासिक स्थलहरु

अर्जुनचौपारी गाउँपालिका ऐतिहासिक तथा धार्मिक हिसाबले पनि त्यतिकै महत्वपुर्ण रहेको मानिन्छ । यस गाउँपालिकामा रहेका टांउको लेक, पञ्च कन्या मन्दिर, लामडाँडा कालिका देवीको मन्दिर, रापाकोट कालिका मन्दिर, बराहा गुफा लगायतका ऐतिहासिक तथा धार्मिक ठाँउहरु रहेकाले यसको बारेमा अध्ययन अनुसन्धान गरी ग्रामीण पर्यटन प्रबद्र्धन गर्न सक्ने सम्भावना पनि त्यत्तिकै रुपमा सम्भावित रहेको छ र आन्तरिक तथा बाह्य पर्यटकहरुलाई भित्र्याई प्रशस्त आय आर्जन बढाउने अर्को यस गाउँपालिकाको संभावना र अवसर लुकेर रहेका छन् । केही महत्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थललाई तालिकामा प्रस्तुत गरिएको छ।

क्र.सं

नाम

स्थान

वडा नं.

१

गड्यौली खोला बोटानिकल पार्क

अर्जुनचौपारी

१

२

गुप्तेश्वर महादेव गुफा

दारेगौडा

१

३

पञ्चकन्या मन्दिर

केरीचौर

१

४

जल बराहा मन्दिर

कालीमाटी

१

५

केटिचौर पर्यटकीय क्षेत्र

सिमलचौर

१

६

कमला देवी

लामडाँडा

२

७

कालीका देवी

लामडाँडा

२

८

सिद्ध बाबा धाम

तामु जुरो

२

९

सिद्ध शीला

तामु जुरो

२

१०

भगवती माई

माझा चौतारा

२

११

शिवालय

लिंडी

२

१२

शिवालय

मजुवा

२

१३

एकान्त शिवालय गुफा

एककाने

३

१४

कालिका मन्दिर रापाकोट

रापाकोट

४

१५

खेवाङ्ग कालिका मन्दिर

खेवाङ्ग

४

१६

डहरे देउराली (धार्मिक)

लहरे

५

१७

देवीथान (धार्मिक)

अर्जुनचौपारी

५

१८

घण्टे देउराली (विचमा मन्दिर ) ऐतिहासिक स्थान

घण्टे देउराली

५

१९

ताल, पोखरी (विचमा मन्दिर ) ऐतिहासिक स्थान

तालपोखरी

५

२०

थाप्ले पर्यटकीय क्षेत्र

थाप्ले

६

२१

दशै शिवालय मन्दिर

दरौं

६

२२

भुमिको थान

भक्तिकोट

६

२३

राम सिता मन्दिर

कुन्चेवारी

६

२४

काउले देवी मन्दिर

काउले

६

गाउँपालिकाको जनसंख्या, मुख्य वस्ती संख्या र घरधुरीको विवरण

अर्जुनचौपारी गाउँपालिकाले गरेको घरधुरी सर्भेक्षण २)*) अनुसार यस गाउँपालिकामा जम्मा घरधुरी ३,४८४ रहेका छन् । यसैगरी यहाँ साना तथा ठुला गरी २०० वटा बस्तीहरु रहेको सर्भेक्षणले देखाएको छ । बस्तीका आधारमा सबैभन्दा बढी बस्ती संख्या वडा नं. ५ को आरुचौर क्षेत्रमा छ भने सबैभन्दा कम बस्ती संख्या वडा नं. ३ मा रहेका छन् । यस गाउँपालिकाको विभिन्न वडामा रहेका बस्तीहरुको अवस्थालाई हेर्दा बढीमा ५२ देखि र कम्तिमा १७ वटा सम्म मुख्य बस्तीहरु रहेको देखिन्छ । यस गाउँपालिकामा भएका मुख्य बस्तीहरुको संख्यालाई तलको तालिकामा देखाईएको छ ।

वडा नं

जनसंख्या

घरधुरी संख्या

१

४४७४

९२९

२

२१९५

४४१

३

१७६२

३७३

४

१८४८

४०२

५

३२९३

७०६

६

३१०८

६३३

जम्मा

१६६८०

३४८४

 

 स्वास्थ्य सेवा

हाल नेपाल सरकारले स्थानीय तहमा यथाशक्य एउटा स्थानीय तह भित्र एउटा स्वास्थ्य चौकी स्थापना गर्ने निर्णय गरेपछि देशका विभिन्न भागहरुमा स्वास्थ्य चौकी तथा अस्पतालहरु बन्न लागेका देखिन्छन् । यसैगरी यस अर्जुनचौपारी गाउँपालिकामा पनि २ वटा आर्युवेदिक औषधालय, ४ वटा स्वास्थ्य चौकी र १ वटा बर्थिङ्ग सेन्टर पहिले नै स्थापना भइसकेको अवस्था छ भने यसको साथै अर्जुनचौपारी गाउँपालिकावाट ७ कि.मि. टाढा भीरकोट नगरपालिकाको हेलुमा समुदायको पहलमा एक अस्पतालको स्थापना भएको र सो अस्पतालबाट मध्यम खालका बिरामीहरुको उपचार हुने गरेको छ ।

क्र.स

स्वास्थ्य सेवा

संख्या

रहेको स्थान

१

आर्युर्वेदीक औषधालय

२

अर्जुनचौपारी, आरुचौर

२

स्वास्थ्य चौकी

४

अर्जुनचौपारी, आरुचौर, दरौ, रापाकोट

३

आधारभूत स्वास्थ्य सेवा केन्द्र

२

सिस्नेपानी, आग्रीखर्क

४

OTC centre

३

अर्जुनचौपारी, आरुचौर, दरौ

५

बर्थिङ्ग सेन्टर

२

आरुचौर,अर्जुनचौपारी

६

आँखा उपचार केन्द्र

१

पालिका भवन

७

महिला स्वयम सेविका संख्या

३८

 साविक गाविसका प्रत्येक वडामा १/१ जनाका दरले

 

शिक्षा तर्फ

यस गाँउपालिकामा शैक्षिक सुविधाको अवस्थालाई हेर्दा जम्मा ३२ वटा विद्यालय रहेको देखिन्छ । जम्मा विद्यालय मध्ये यहाF आधारभूत विद्यालय २६ र माध्यामिक विद्यालय ६ वटा रहेको छन् । घरधुरी सर्भेक्षण २०८० अनुसार यस गाउँपालिकाको शैक्षिक स्थिति र दरवन्दी संख्याको विवरणलाई तलको तालिकामा देखाईएको छ ।

क्र.सं

विद्यालयको नाम

ठेगाना

१

अमरज्योति मा.वि.

अर्जुनचौपारी

२

आर्दश आ.वि

रापाकोट

३

कामाक्ष्यादेवी आ.वि

रापाकोट

४

कालिका आ.वि

आरुचौर

५

कृष्ण आ.वि.

अर्जुनचौपारी

६

गणेश आ.वि.

रापाकोट

७

गाउँफर्क जनहीत आ.वि

दरौं

८

घण्टे .मा.वि.

आरुचौर

९

चण्डीडाँडा आ.वि

रापाकोट

१०

जन मा.वि.

रापाकोट

११

जनप्रिय आ.वि

रापाकोट

१२

जनविकास आ.वि

दरौं

१३

दरौं मा.वि.

दरौं

१४

दीपज्योति आ.वि.

आरुचौर

१५

देउराली आ.वि.

रापाकोट

१६

देविस्थान आ.वि.

आरुचौर

१७

नवदुर्गा आ.वि.

अर्जुनचौपारी

१८

पञ्चकन्या मा.वि.

अर्जुनचौपारी

१९

पिपलडाँडा आ.वि.

अर्जुनचौपारी

२०

भवानी आ.वि.

अर्जुनचौपारी

२१

रानीचरी आ.वि

अर्जुनचौपारी

२२

लक्ष्मी आ.वि.

अर्जुनचौपारी

२३

लाकुरी आ.वि.

रापाकोट

२४

वयाले आ.वि.

आरुचौर

२५

वुद्ध .आ.वि.

आरुचौर

२६

सरस्वती आ.वि.

रापाकोट

२७

सर्वोदय मा.वि.

आरुचौर

२८

सिद्ध आ.वि.

अर्जुनचौपारी

२९

सिद्ध दरवार आ.वि.

अर्जुनचौपारी

३०

सूर्यदय आ.वि

आरुचौर

३१

शहीद आ.वि

पञ्चमुल

३२

राष्ट्रिय आ.वि.

पञ्चमुल

 

सहकारी संघसंस्था र बैँक सम्बन्धी विवरण

व्यक्ति, परिवार, टोल, समुदाय वा समाज विचको आन्तरिक अन्तरसम्वन्ध तथा सहकार्य वाट साना तथा ठूला आर्थिक आवश्यकता तथा समस्याहरुको निवारण गर्नका लागी वनाइएको संगठन लाई सहकारी संस्था भनिन्छ । यस गाँउपालिका भित्र विभिन्न सरकारी संस्था आदी निश्चित उद्देश्य लिएर संचालनमा रहेको पाइन्छ । यस गाँउपालिकामा रहेका यस्ता सहयोगी संस्थाहरुवाट यहाँका वासिन्दाहरुको जिवनस्तर सहज सरल र सफल वनेकोछ । अर्जुनचौपारी गाँउपालिकामा रहेका बिभिन्न सरकारी संस्थाको र बैँकहरुको विवरणलाई निम्न अनुसार प्रस्तुत गरिएको छ ।

क्र.सं

नाम

स्थान

वडा नं.

१

ग्रामीण स्वावलम्वन तथा कृषि सहकारी सस्था

अर्जुनचौपारी

१

२

कालिका बचत तथा कृषि सहकारी संस्था

अर्जुनचौपारी

१

३

भूपू सैनिक वहुद्देश्यीय कल्याणकारी सहकारी संस्था

अर्जुनचौपारी

१

४

कफि तथा फलफूल सहकारी संस्था

अर्जुनचौपारी

१

५

दरौँ खोला श्रमिक सहकारी संस्था लि

अर्जुनचौपारी

१

६

खाल्टे कफी उत्पादक सहकारी संस्था लि

अर्जुनचौपारी

१

७

भगवतीमाई वहुद्देश्यीय सहकारी संस्था लि

अर्जुनचौपारी

१

८

अर्जुनचौपारी कृषि सहकारी संस्था लि

अर्जुनचौपारी

१

९

रापाकोट वहुद्देश्यीय महिला सहकारी संस्था लि

सिमलचौर

३

१०

जनविकास साना किसान कृषि सहकारी लि

सिमलचौर

३

११

दरौखोला  वहुद्देश्यीय सहकारी संस्था लि

अर्जुनचौपारी

३

१२

विजी कृषि तथा जडीबुटी सहकारी संस्था लि

अर्जुनचौपारी

३

१३

दिगो कृषि बचत तथा ऋण सहकारी लि

आरुचौर

५

१४

रापाकोट कालिका सानाकिसान कृषि सहकारी संस्था लि

रापाकोट

४

१५

डहरेदेउराली साना किसान सहकारी संस्था लि

आरुचौर

५

१६

तमाखुबारी कृषि सहकारी संस्था  लि

तमाखुबारी

६

१७

दरौँ सानाकिसान कृषि सहकारी संस्था लि

दरौँ

६

१८

दरौ वहुद्देश्यीय सहकारी संस्था लि

दरौँ

६

 
//